जनादेश वाच।
नेपाली फिल्मका अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेका छन्। उनले स्वागत नेपालको नेतृत्वको उन्नत लोकतन्त्र पार्टीबाट उम्मेदवारी दिने पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले निर्णय गरेको हो।
बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले यसबारे जानकारी गराएको हो। त्यस्तै पार्टीले उपमेयरमा रेश्मा लामालाई अघि सारेको जनाएको छ।