काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायातको भाडा बढेको छ ।
यातायात मन्त्रालयले गत फागुन २४ गते गरेको भाडा बढाउने निर्णय अनुसार बागमती प्रदेश सरकारले आजबाट उपत्यकामा सार्वजनिक यातायातको भाडा न्युनतम २० रुपैयाँ गराएको छ ।
अब यात्रुले ५ किलोमिटरसम्मको २० रुपैयाँ, १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्मको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा बढी किलोमिटरको यात्रामा ३८ रुपैयाँ तिर्नुपर्ने भएको छ ।