जनादेश काठमाण्डौं । आगामी ३० गते हुने पालिकाको निर्वाचनका लागि ललितपुरमा सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ ।
६ वटा स्थानीय तह रहेको ललितपुरमा चार वटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ‘आउट’ भएको छ ।
ललितपुर महानगर, गोदावरी नगर, बागमती नगर र महांकाल गाउँपालिकाको प्रमुख कांग्रेसले पाएको छ । गोदावरी प्रमुख र उपप्रमुख दुवै कांग्रेसले पाएको छ ।
महालक्ष्मी नगर र कोन्ज्योसोम गाउँपालिका माओवादी र उप्रमुख कांग्रेसले पाएको छ ।