पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभावः तीन दिन देशभर वर्षा – Janadesh Daily | ePaper

पश्चिमी वायु र न्यूनचापीय प्रणालीको प्रभावः तीन दिन देशभर वर्षा


जनादेश वेदर

देशका विभिन्न भागमा आज (सोमबार) पनि वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रि मनसुनको प्रभावका कारण आज दिउँसो सातवटै प्रदेशका विभिन्न भागमा पानी पर्नेछ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस र बागमती प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

प्रदेश १, मधेस र गण्डकी प्रदेशका केही स्थान र बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

आज राति पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

हाल नेपालमा स्थानीय वायुसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको महाशाखाको भनाइ छ।

मंगलबारबाट मौसममा क्रमिक रुपमा सुधार आउने मौसमविद्हरुले बताएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्