आजको मौसमः तीन प्रदेशमा मेघ गर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसमविद्‌को अनुरोध – Janadesh Daily | ePaper

आजको मौसमः तीन प्रदेशमा मेघ गर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसमविद्‌को अनुरोध


जनादेश वेदर।

देशका तीन प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्‌हरूले आग्रह गरेका छन्।

आगामी २४ घण्टामा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको महाशाखाको भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मधेस प्रदेश, बागमती प्रदेश र सूदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

सोमबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसमी प्रणाली पनि यस्तै रहनेछ। पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्