चन्द्रप्रकाश नेपाली,
घोराही। जिल्ला समन्वय समितिको जिल्ला सभाबाट पारित नीति तथा कार्यक्रममा कृष्णसेन इच्छुक मार्गको नयाँ नामाकरण गर्ने भनी गरिएको निर्णयप्रति नेपाल पत्रकार महासंघ दाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका जिल्ला अध्यक्ष सविन प्रियासन र सचिव भुपेन्द्र ओली द्धारा जारी गरिएको विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जानकारी गराउनु भएको हो । यसको नाम परिवर्तन गर्नेभनी नीति तथा कार्यक्रम पारित भएकोमा हामी गम्भिर आपती प्रकट गर्दछौं । विज्ञप्तीमा भनिएको छ ।
पत्रकारिता, साहित्य तथा कलाका क्षेत्रमा निरन्तर सक्रिय रही देशको आमुल परिवर्तनका लागि महत्वपूर्ण योगदान पु¥याउनुभएको शहिद कृष्णसेन इच्छुक भएको भन्दै महासंघको ध्यानाकर्षण भएको जनाईएको छ ।
योगदानको कदर गर्दै उहाँको आदर्शहरुलाई थप स्थापित गर्दै जानुपर्नेमा उल्टो उहाँको स्मृतिमा नामाकरण गरिएको सडक मार्गको नाम नै परिवर्तन गर्ने कुुरा हामिलाई कदापी स्विकार्य हुन सक्दैन । विज्ञप्तीमा भनिएको छ ।
समन्वय समितिको तर्फबाट गरिएको यस किसमको निर्णय तत्काल फिर्ता लिई सार्वजनिक रुपमा त्रुटी सच्चयाउन र आगामी दिनमा कहिँकतैबाट पनि यस किसमको कार्य नदोहो¥याउन आग्रह गरिएको छ ।
०६८ पौष ५ गते बसेको मन्त्रिपरिषदको बैठकले देशभरिका विभिन्न ६ वटा सडकलाई महत्वपूर्ण योगदान पु¥याउने महान व्यक्तित्वहरुको सम्मानार्थ नामाकरण गर्ने निर्णय भएकोमा यसअघि लमही—तुलसीपुर सडकखण्ड भनेर चिनिने सडक मार्गलाई कृष्णसेन इच्छुक मार्ग भनि नामाकरण गरिएको थियो । सोही दिनको मन्त्रिपरिषद् बैठकले रुपनी–राजविराज सडकलाई गजेन्द्रनारायण सिंह मार्ग, नेपालगाज–बगौडा सडकलाई कमल गिरी मार्ग, मिर्चैया–सिराहा सडकलाई रमेश महतो मार्ग, बर्दिवास–जलेश्वर सडकलाई दुर्गानन्द झा मार्ग र द्रव्य शाह सडकलाई सुरेश वाग्ले मार्ग नामाकरण गरेको थियो ।
यसैबीच सत्तारुढ नेकपानिकट अनेरास्ववियूले आज एक प्रेस विज्ञप्ति जारी गरी जिल्ला सभाले सडकको नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेकोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियू दाङले सो मार्ग प्रचलनमा ल्याउन घोराहीको गुम्राह चौक र लमहीको अर्जुनखोलामा बोर्ड राखेको छ ।
तुलसीपुरमा पनि भोलि बोर्ड राख्ने संगठनका केन्द्रीय सदस्य सन्तोष पोख्रेलले जानकारी दिनुभयो । यसैबीच संगठनका जिल्ला संयोजक जंग रोकाले विज्ञप्ति जारी सडकको नाम परिर्वतन गर्दा अनेरास्ववियु दाङका संस्थापक अध्यक्ष समेत रहनुभएका कृष्णसेन इच्छुक आस्था र निष्ठडाका प्रतिबिम्व भएको भन्दै २४ घण्टाभित्र निर्णय सच्याउन जिल्ला समन्वय समितिसँग माग गर्नुभएको छ ।