फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ कति बढ्यो ! – Janadesh Daily | ePaper

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ कति बढ्यो !


जनादेश वाच।

सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । इन्धनमा भएको मूल्यवृद्धिसँगै भाडादर बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले बढाएको भाडादर यही जेठ ४ गतेदेखि लागु हुनेछ ।

विभागका अनुुसार अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुवाहकतर्फ ३.५ प्रतिशत भाडा बढेको छ ।

यस्तै, पहाडी बाटोमा गुड्ने मालवाहक सवारीसाधनमा ४.६ प्रतिशत र तराईका बाटोमा गुड्ने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडा बढेको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्