जनादेश वेदर
शुक्रवार बिहानैदेखि काठमाडौं उपत्यकालगायतका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम विभागका अनुसार नेपालमा चलिरहेको स्थानीय वायु र भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको समेत प्रभावले वर्षा भइरहेको हो।
अहिले प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदलीको अवस्था रहेको विभागले जनाएको छ। आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा मेघ गर्जन \ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन \चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आगामी २४ घन्टामा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा मेघ गर्जन \ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अपिल समेत गरेको छ ।