आजको मौसमः वाग्मतीसहित यी प्रदेशमा चट्याङ् र हावाहुरीसहित वर्षाको सम्भावना – Janadesh Daily | ePaper

आजको मौसमः वाग्मतीसहित यी प्रदेशमा चट्याङ् र हावाहुरीसहित वर्षाको सम्भावना


जनादेश वेदर।

प्रदेश–१ र वाग्मती प्रदेशसहित केही स्थानमा वर्षा हुने भएको छ । प्रदेश–१ र वाग्मती प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनसार आज राति देशका उच्च पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ का उच्च पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्