बालेनको धन्यवाद र्‍यालीको तयारी, यस्तो छ रुट – Janadesh Daily | ePaper

बालेनको धन्यवाद र्‍यालीको तयारी, यस्तो छ रुट


काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहका समर्थकहरूले विजय जुलुसको तयारी गरेका छन् । बालेनले विजय जुलुस निकाल्ने पक्षमा नरहेको भन्दै आ–आफ्नै क्षेत्रमा धन्यवाद र्‍याली आयोजना गर्न सार्वजनिक आह्वान गरे पनि समर्थकहरूले काठमाडौंमै जुलुस निकाल्ने तयारी गरेका हुन् ।

उनीहरूले जुलुसको रुट पनि निर्धारण गरेर सहभागी हुनका लागि आह्वान गरेका छन् ।

‘हाम्रो र्‍याली परिवर्तनका पक्षमा मतदान गर्ने, समर्थन गर्नेहरूलाई धन्यवाद भन्नका लागि हो । त्यसैले सभ्य र अनुशासनमा रहेर हामी र्‍यालीमा सहभागी हुनेछौँ । कसैको विरोध गर्ने वा गिज्याउने छैनौँ । अन्तिम घोषणा भएको केही समयपछि हाम्रो र्‍याली सभागृहबाट सुरु भएर भद्रकाली, शहीदगेट हुँदै कालीमाटीबाट कलंकी पुग्नेछौँ । त्यहाँबाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबहिल हुँदै गौशाला, एयरपोर्ट, सिनामंगलबाट पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा गएर समापन गर्नेछौँ । आफूलाई पायक पर्ने समय र स्थान मिलाएर आफू व्यक्ति वा समूह र्‍यालीमा मिसिन सक्नुहुनेछ’, बालेन समर्थकहरूले जारी गरेको सूचनामा भनिएको छ ।

आफ्नो जित सुनिश्चित भएपछि बालेनले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै विजयोत्सवको साटो धन्यवाद र्‍याली निकाल्न समर्थकलाई अपिल गरेका थिए । त्यसअनुसार आजको जुलुसलाई समर्थकहरुले धन्यवाद र्‍यालीको नाम दिएका छन् । र्‍याली सभ्य र अनुशासित किसिमको हुने तथा कसैको विरोध नगरिने बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्