मेटा प्रमुख अपरेटिङ अफिसर (सीओओ) शेरिल स्यान्डबर्गले राजीनामा दिएकी छिन् । १४ वर्षको कार्यकाल समाप्त भएसँगै स्यान्डबर्गले राजीनामा दिएकी हुन् ।
उनले फेसबुकलाई टेक्नोलोजी र विज्ञापन अभियान निर्माण मात्र मात्र नभएर सार्वजनिक मामिलाहरुको संकटको निरीक्षण र घोटालामा ठूलो सहयोग गरेकी छन् । ५२ वर्षीय स्यान्डबर्गले बुधबार फेसबुकमा पोस्ट गर्दै सीओओको रूपमा आफ्नो भूमिका पूर्ण रूपमा छोडेपनि मेटाको निर्देशक बोर्डमा भने आफूले सेवा गरिरहने बताइन् ।
‘भविष्यमा के हुन्छ भन्ने कुरा यकिनसाथ त म भन्न सकिदन तर मैले मेरो प्रतिष्ठान तथा परोपकारी कार्यमा ध्यान केन्द्रित गर्ने कार्य यसमा सामेल हुनेछ जुन मेरोलागि पहिलेदेखि नै निकै महत्वपूर्ण छ किनकी यस्तो कार्य महिलाका लागि निकै महत्वपूर्ण छ ’ उनले फेसबुकमा लेखेकी छन् ।
अरबपति महिलावादी लेखिका समेत रहेकी स्यान्डबर्गले मार्क जुकरबर्गलाई फेसबुकमा आकर्षक व्यवसाय निर्माण गर्न मद्दत गर्ने लक्ष्यका साथ मार्च २००८मा गुगलबाट फेसबुकमा सामेल भएकी थिइन्।