मौसम पूर्वानुमानः कस्तो रहला आजको मौसम – Janadesh Daily | ePaper

मौसम पूर्वानुमानः कस्तो रहला आजको मौसम


जनादेश वेदर।
आइतवार बिहान देशभर मौसममा सामान्य बदली भएको छ । लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम विभागले जनाएको छ ।

विभागका अनुसार हाल नेपालको प्रदेश नम्बर १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भूभागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तध्र प्रदेश र विहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ ।

आज दिउँसो तथा राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहली र अन्य प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना देखिएको विभागले बताएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्