पेट्रोलको भाउ बढेपछि माधव नेपालमाथि गोकुल बाँस्कोटाको व्यङ्ग्य – Janadesh Daily | ePaper

पेट्रोलको भाउ बढेपछि माधव नेपालमाथि गोकुल बाँस्कोटाको व्यङ्ग्य


जनादेश सोसल मिडिया वाच।
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारले रातारात पेट्रोलियम पदार्थको भाउमा छलाङ मारेको भन्दै टिप्पणी गरेका छन् ।

आइतवार राति पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्,‘पम्फा–प्रभाकर विजुली युगले रातारात पेट्रोलियमको भाउमा छलाङ मारेछ ।’

उनले विगतमा मूल्यवृद्धि हुँदा आन्दोलन गर्ने विद्यार्थी नेताहरूमध्ये सत्ता गठबन्धन निकटकालाई खोज्नुपर्ने बेला आएको समेत टिप्पणी गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सम्बोधन गर्दै उनले लेखेका छन्,‘लौ न माधव कम्रेड, सुदेश पराजुली खोज्नुपर्‍यो ।’

पराजुली एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष हुन् ।

युरोपको आर्थिक ईन्जिन जर्मनी कोइलायुगतिर फर्कन पर्ने अवस्थामा पुगेछ,फ्रान्समा म्याक्रोननको सत्ता गठबन्धनले बहुमत गुमाएछ र कोलम्वियामा दक्षिणपन्थी सत्ता गठबन्धन हारेछ।यता पम्फा-प्रभाकर विजुली युगले रातारात पेट्रोलियमको भाउमा छलांग मारेछ।लौ न!माधब कम्रेड,सुदेश पराजुली खोज्न परो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्