जनादेश वाच।
लोक तथा दोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छन्। लाइभ दोहोरी गीतका कारण चर्चामा रहेकी उनी काठमाडौंस्थित डेरामा शनिबार दिउँसो मृत अवस्थामा भेटिएकी हुन्।
सुर्खेत घर भएकी उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन्। शुक्रबार राति आफूलाई बाँच्न मुस्किल भएको भन्दै उनले फेसबुकमा स्ट्याटस समेत लेखेकी थिइन्।
केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् । ३० बर्सिया गायिका दिलमायाले चर्चित ख्यातिप्राप्त लोक दोहोरी गायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन्।
गायिका दिलमायाले ख्यातिप्राप्त लोकगायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन् भने उनी लाइभ दोहोरी गीतका कारण पनि चर्चित थिइन् । दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले उनको निधनमा शोक व्यक्त गर्दै दिलमायाको निधनले आफू स्तब्ध भएको बताएका छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको थाहा भएको छ ।