जनादेश वेदर।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम विभागले जनाएको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ। विभागका अनुसार आज रातिसम्म सामान्य तथा आंशिक बदली रहनेछ ।
देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सfमान्यता सफा रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
प्रदेश–१ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
पूर्वका विभिन्न स्थानमा र पश्चिमका पहाडी तथा हिमाली भूभाग लगायतका साना खोलामा बाढीको जोखिम रहेको छ । महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउनु पर्ने जनाएको छ । सो क्षेत्र भएर बग्ने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र र पहिरोग्रस्त क्षेत्रमा बस्ने स्थानीयले उच्च सतर्कता अपनाउनु पर्नेमा महाशाखाले जोड दिएको छ ।