मौसम पूर्वानुमानः शुक्रबार रातिदेखि फेरि वर्षा बढ्ने – Janadesh Daily | ePaper

मौसम पूर्वानुमानः शुक्रबार रातिदेखि फेरि वर्षा बढ्ने


जनादेश वेदर।
बुधबारदेखि वर्षा हुने क्रम केही कम भएको भए पनि शुक्रबार रातिदेखि पुनः बढ्ने अनुमान गरिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौमसविद् वरुण पौडेलका अनुसार आज (बिहीबार) र शुक्रबार साँझसम्म धेरै वर्षाको सम्भावना छैन। ‘तर शुक्रबार राति र शनिबार वर्षा अलि बढ्ने देखिएको छ’ , उनले नेपालखबरसँग भने।

उनका अनुसार अहिले (बिहीबार बिहान ६ बजे सोध्दा) नवलपरासी र दिपायलतिर जारी वर्षा कम हुँदै गएको छ भने कञ्चनपुरमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै राति सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाको बुलेटिनअनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेश केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राती बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

शनिबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस क्रममा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

शनिबार राती देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस क्रममा गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्