जनादेश सोसल मिडिया वाच।
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले श्रीलंकाका शासकविरुद्ध त्यहाँका जनताले थालेको आन्दोनलाई अर्को अक्टोबर क्रान्ति भनेका छन्।
गम्भीर आर्थिक संकटमा धकेलिएको श्रीलंकामा जारी प्रदर्शनका क्रममा शनिबार सर्वसाधारणले राष्ट्रपति भवन कब्जा गरेका थिए। त्यही घटनालाई उनले फ्रान्सेली र रुसी अक्टोबर क्रान्ति भनेका हुन्।
‘श्रीलंकामा लाखौँको जनसागरले शान्तिपूर्ण ढंगले राष्ट्रपति भवन कब्जा गरेको घटनाले फ्रान्सेली र रूसी अक्टोबर क्रान्तिको नयाँ संस्करणको झल्को दिन्छ’, उनले भनेका छन्,’२१औँ शताब्दीको क्रान्तिको नयाँ मोडेल बन्न सक्ने सम्भावना बोक्छ।’
उनले श्रीलंकाको आन्दोलनले नेपालका पनि शासकको आँखा खुल्नुपर्ने बताएका छन्। ‘श्रीलंकाको दृश्यले नेपाल लगायत विश्वभरका मैमत्त शासकको आँखा खुल्ला?’, उनले प्रश्न गरेका छन्।