काठमाडौँमा थप ६२ जनामा कोरोना संक्रमण – Janadesh Daily | ePaper

काठमाडौँमा थप ६२ जनामा कोरोना संक्रमण


काठमाडौँ, 

पछिल्लो चौविस घण्टामा काठमाडौँमा थप ६२ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ५६ जना, भक्तपुरमा ३ र ललितपुरमा ३ गरी कुल ६२ जनामा संक्रमण देखिएको बताए । डा गौतमका अनुसार नेपाल कोरियामैत्री अस्पतालमा भक्तपुरको ३ जना र पाटन अस्पतालमा ललिपतुरको ३ जना बाहेक बाँकी काठमाडौँका हुन् ।

उनका अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४ जना, वीर अस्पतालमा १ जना, पाटन अस्पतालमा ५ जना, स्टार अस्पताल ललितपुरमा १२ जना र त्रिवि शिक्षण अस्पतालमा एक जना काठमाडौँका संक्रमित हुन् ।

यस्तै वीध अस्पतालमा २ जना र प्रहरी अस्पतालमा देखिएका २९ जना पनि काठमाडौंका हुन् ।

पछिल्लो चौविस घण्टामा देशभर नयाँ संक्रमितको संख्या ३७८ रहेको छ । डिस्चार्ज हुनेको संख्या ४९९ रहेको छ । पछिल्लो चौविस घण्टामा यो भाइरसबाट ३ जनाको ज्यान गएको बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्