फनपार्कलाई २४ घन्टाभित्र कर तिर्न महानगरको ताकेता, नतिरे बन्द गरिदिने – Janadesh Daily | ePaper

फनपार्कलाई २४ घन्टाभित्र कर तिर्न महानगरको ताकेता, नतिरे बन्द गरिदिने


काठमाडौँ महानगरपालिकाले प्रदर्शनी मार्गस्थित फनपार्कलाई कर तिर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।

बुधबार राजस्व विभागले व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न ताकेता गर्दै फनपार्कलाई पत्राचार गरेको हो ।

‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टा भित्रै बक्यैता र जरिवाना रकम तिर्न जानकारी गराइन्छ ’ पत्रमा उल्लेख छ ।

यसअघि पटक पटक कर तिर्न ताकेता गरे पनि फन पार्कले विगत ७ वर्षदेखि कर नतिरेको महानगरले बताएको छ । महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार फनपार्कले भोलि बेलुकासम्म बक्यौता कर नतिरे बन्द गरिने छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्