देशभर थप तीन सय जनामा कोरोना संक्रमण – Janadesh Daily | ePaper

देशभर थप तीन सय जनामा कोरोना संक्रमण


पछिल्लो समय थप तीन सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा चार हजार पाँच सय ९० जनाको कोरोना परीक्षण गरिएको थियो ।

एक सय २४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ५७ जना छ ।

यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । हाल पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला काठमाडौँ तथा दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर छ । सङ्क्रमित शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, पश्चिम रुकुम, मुगु र बझाङ छन् ।

यस्तै होम आइसोलेसनमा दुई हजार तीन सय आठ जना, संस्थागत आइसोलेसनमा एक सय ४९, सघन उपचार कक्ष (आइसियु)मा ३५ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप तीन लाख ५९ हजार ६५ जनाले लगाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्