किसानलाई कृषि मेशिन वितरण – Janadesh Daily | ePaper

किसानलाई कृषि मेशिन वितरण


वाग्मती, उखु उत्पादन बढाउन किसानलाई कृषि ...

कृषि क्षेत्रको विकास, विस्तार र व्यावसायीकरण गर्ने उद्देश्यले मकवानपुरको मनहरि गाउँपालिकाले किसानलाई धान–चामल कुट्ने मिलसहित विभिन्न किसिमका कृषि औजार वितरण गरेको छ ।

मनहरि वडा नं ६, ७, ८ र ९ का किसानलाई ती औजार वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीका अनुसार धानचामल मिल दुई , घाँस काट्ने मेशिन तीन , धान काट्ने मेशिन , स्प्रे मेशिन ५० र धान झार्ने मेशिन एक थान वितरण गरिएको छ ।

गाउँपालिकाको वडा नं ८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत करिब दुई हजार १०० किसान परिवारका लागि औजार उपलब्ध गराइएको हो । गाउँपालिका र वाग्मती प्रदेशअन्तर्गतको कृषि ज्ञान केन्द्रको अनुदानमार्पmत कृषि मेशिन वितरण भएको जनाउँदै उपलब्ध गराइएको मेशिन किसानले सहकारीमा सम्पर्क गरी प्रयोग गर्न पाउने गाउँपालिका अध्यक्ष उप्रेतीले बताउनुभयो ।रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्