पछिल्लो २४ घण्टामा एक हजार १८ जनामा डेंगु पुष्टि – Janadesh Daily | ePaper

पछिल्लो २४ घण्टामा एक हजार १८ जनामा डेंगु पुष्टि


जनादेश, काठमाण्डौं । पछिल्लो २४ घण्टामा एक हजार १८ जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि)को तथ्याङ्क अनुसार २४ घण्टामा एक हजार १८ जना डेंगु सङ्क्रमित थपिनुका साथै एक जना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा डेंगु सङ्क्रमणबाट ४२ जनाको मृत्यु हुनुका साथै ३१ हजार १५१ जनामा डेंगु पुष्टि भएको ईडिसिडिको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।

सरकारले  अविरल भइरहेको वर्षाले झाडापखाला, हैजा  र डेंगुको खतरा बढेको भन्दै यसबाट बच्न आग्रह गरेको छ ।

डेंगुबाट बच्न घरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिने,घर झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउन,पूरै शरीर ढाक्ने लुगा लगाउन सरकारको आग्रह छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म देशका सातै प्रदेशका ७६ जिल्लामा डेंगु फैलिसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्