जनादेश, दुबई । राप्ती इन्जिनियरिङ कलेज यस वर्षको ‘उत्कृट इन्जिनियरिङ कलेज अवार्ड -२०२२’बाट पुरस्कृत भएको छ। संयुक्त अरब इमिरेट्स(UAE) को दुबई शहरमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।
कलेज रिडर्सले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि दुबई विजिनेश काउन्सिलका अध्यक्ष डा. आशिक अलि, विशिष्ट अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबई सुरक्षा प्रमुख श्री महोम्मद हुसेन र नेपालबाट मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक शाक्यद्धारा संयुक्त रुपमा उक्त अवार्ड प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा नेपाल भरका विभिन्न विद्यालय, क्याम्पस, तथा शैक्षिक प्रतिष्ठानहरुलाई ३४ विद्यामा र १६ जना व्यक्तिहरु सहित जम्मा ५० वटा अवार्डहरु वितरण गरिएको थियो ।
कलेजले बि.ई. सिभिल इन्जिनियरिङ र बिसिए कार्यक्रम तर्फ पोखरा बिश्वविद्यालबाट गोल्ड मेडल प्राप्त गर्न सफल भएको छ ।यस कलेजबाट पास आउट भएका ८० प्रतिशत विद्यार्थीहरु सरकारी र गैरसरकारी संघ संस्थामा रोजगारी प्राप्त गर्न सफल छन् ।
इन्जिनियरिङ र आईटी शिक्षा प्रदान गर्दै आइरहेको यस कलेज शैक्षिक क्षेत्रमा लुम्बिनी प्रदेशकै उत्कृष्ट कलेज हो । राप्ती इन्जिनियरिङ कलेज ISO 2009:20015 Certified कलेज हो । यसले विश्वविद्यालय अनुदान आयोगबाट समेत एकृडिएसन प्रमाण-प्रत्र प्राप्त गरी सकेको छ ।
कलेजको आफ्नै जग्गामा प्रयाप्त भवन, प्रयोगशाला, सेमिनार हाल, पुस्तकालय, खेल मैदान, चमेना गृह र अन्य भैतिक पूर्वाधारहरु रहेको अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले जनादेशलाई बताउँनु भएको छ ।
विशेष अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबईका सुरक्षा प्रमुख महमद हुसेनसंग कार्यक्रमका सहभागीहरु
नेपाल शिक्षा पुरस्कार २०२२ वितरण कार्यक्रमका सहभागीहरु