डा. शैलेन्द्र गिरीलाई ‘एकेडेमिक आइसीटी रिसर्च अवार्ड’ प्रदान – Janadesh Daily | ePaper

डा. शैलेन्द्र गिरीलाई ‘एकेडेमिक आइसीटी रिसर्च अवार्ड’ प्रदान


जनादेश, काठमाण्डौं । दाङ जिल्लाको घोराही १६, मा संचालनमा रहेको राप्ती इन्जिनियरिङ कलेजका अध्यक्ष एवं नेपाल सरकारका पूर्वकार्यकारी निर्देशक डा. शैलेन्द्र गिरी यस वर्षको ‘एकेडेमिक आइसीटी रिसर्च अवार्ड -२०२२’ द्धारा सम्मानित भएका छन् । संयुक्त अरब इमिरेट्स(UAE) को दुबई शहरमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।

कलेज रिडर्सले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि दुबई विजिनेश काउन्सिलका अध्यक्ष डा. आशिक अलि, विशिष्ट अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबई सुरक्षा प्रमुख श्री महोम्मद हुसेन र नेपालबाट मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक शाक्यद्धारा संयुक्त रुपमा उक्त अवार्ड डा. शैलेन्द्र गिरीलाई प्रदान गरिएको हो ।

सुचना प्रविधिमा बिषयमा Msc IT, PGDIT र विद्युतीय शासनमा विद्यावारिधि गरेका डा. गिरी विगत २७ वर्षदेखि शिक्षण, प्रशिक्षण, योजना र प्रशासनमा अब्बल मानिन्छन् । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगाएत एक दर्जन बढी शैक्षिक संस्थाहरुमा सेवा गरेर शैक्षिक अनुभव संगालेका डा. गिरी साविकको कर्मचारी प्रशिक्षण प्रतिष्ठान, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कार्यकारी निर्देशकको भुमिका निवार्ह गरेका छन ।

World Research Council को बोर्ड सदस्यका रुपमा काम गरिसकेका डा. गिरी  Computer Association of Nepal, Nepal English Language Teacher’s Association लगाएत विभिन्न संघ संस्थामा आवद्ध छन् । कुलश व्यवस्थापक, प्रशासक र योजनाकार मानिने डा. गिरीले अन्तराष्टिय रुपमा ‘बेष्ट रिसर्च अवार्ड’ प्राप्त गरिसको बताउँछन्

सुचना र प्रविधि, विद्युतीय शासन, विद्युतीय सरकार, डाटा सुरक्षा, साइबर अपराध र साइबर सुरक्षा, विद्युतीय सिकाई, अनलाईन शिक्षा र मोवाईल शिक्षणको बारेमा अनुसंधानमा आधारित दुई दर्जन बढी आर्टिकल, लेख रचना राष्टिया तथा अन्तराष्टिय जर्नलहरुमा प्रकाशित भएका साथै ‘विद्युतीय सिकाईका आयामहरु’ भन्ने अनुसंधानात्मक पुस्तक प्रकाशन गरेका डा. गिरी  अर्को पुस्तक ‘नेपालमा डिजिटल शासनको अभ्यास’ प्रकाशनको तयारीमा रहेको बताएका छन् ।

दुबई सरकारका प्रतिनिधि एवं दुबई सुरक्षा प्रमुख श्री महोम्मद हुसेनसंग डा. शैलेन्द्र गिरी, संयुक्त अरब इमिरेट्स(UAE) को दुबईमा

राप्ती इन्जिनिरिङ कलेजलाई यस वर्षको ‘बेष्ट इन्जिनियरिङ कलेज अवार्ड -२०२२’ प्राप्त

समाचार पढनको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://janadeshdaily.com/69631/

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्