तिहारमा काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय – Janadesh Daily | ePaper

तिहारमा काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय


जनादेश, काठमाण्डौं ।  तिहारमा काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रवार सो निर्णय गरेका हुन् । साँझ ९ बजेभन्दा पछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।

त्यस्तै, उपत्यकामा पटाका लगायतका प्रज्वलनशील बस्तु पड्काउन निषेध गरिएको छ । आतिसबाजी गर्न र पटाका नपड्काउन सवैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरिएको प्रजिअ अधिकारीले जानकारी दिए । ​

आतिसबाजी नगर्न र पटाका नपड्काउन शनिवार बिहानबाट माइकिङ गरिने काठमाडौंका एसएसपी भरत बोहराले बताए ।

स्थानीय प्रशासनले दियो र मैनबत्ती बाल्दा सचेतना अपनाउन आग्रह गरेको छ । गत वर्ष ललितपुरमा म्ह पुजामा बालेको दीयोबाट आगो सल्किएर ग्यास सिलिन्डर विष्फोट भएको सो । सो दुर्घटनामा परेर एकै परिवारका ४ जनाले ज्यान गुमाएका थिए । विद्युतीय माध्यमबाट पनि आगजनी हुन सक्ने हुनाले सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्