तिहारको लक्ष्मीपूजामा देखिएको काठमाडौं, घरदेखि सहरसम्म सबैतिर उज्यालो (फोटो फिचर) – Janadesh Daily | ePaper

तिहारको लक्ष्मीपूजामा देखिएको काठमाडौं, घरदेखि सहरसम्म सबैतिर उज्यालो (फोटो फिचर)


जनादेश वाच।
तिहारको तेस्रो दिन हिजो घर घरमा लक्ष्मी पूजा गरिएको छ। उज्यालोको पर्व तिहार र त्यसमा पनि लक्ष्मीपूजाको दिन विशेष झिलिमिली रहने गर्छ।

घर घरमा लक्ष्मीको आराधना गरिएको छ। मुख्य व्यापारिक स्थानहरु झिलिमिली पारिएका थिए। दिपावलीको उल्लासमा मुख्य शहर पनि झलमल पारिएका थिए।

लक्ष्मीपूजासँगै नेपालीहरूले साँझ दिपावली गरेर घर गाउँसहर झिलिमिली पार्ने गर्छन्। देशको संघीय राजधानी काठमाडौं दीपावलीले झलमल्ल बनेको थियो। घर, पसल, कार्यालय सबै ठाउँमा दीपावलीसँगै काठमाडौं सहर झलमल्ल बलेको थियो। सफा सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

उज्यालोको पर्व तिहार र त्यसमा पनि लक्ष्मीपूजाको दिन विशेष झिलिमिली हुने गरेको छ। घर घरमा लक्ष्मीको आराधना गरिएको छ। मुख्य व्यापारिक स्थानहरु झिलिमिली पारिएका छन्। दिपावलीको उल्लासमा मुख्य शहर पनि झलमल पारिएका थिए।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्