आकर्षण घट्दा सामाजिक सञ्जालको नयाँ प्रयोगः यसरी गर्न सकिन्छ फेसबुकमा अडियो कमेन्ट – Janadesh Daily | ePaper

आकर्षण घट्दा सामाजिक सञ्जालको नयाँ प्रयोगः यसरी गर्न सकिन्छ फेसबुकमा अडियो कमेन्ट


जनादेश सोसल मिडिया वाच।

अहिले सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता घटिरहेका छन्। तथ्यांकअनुसार सन् २०२१ को चौथो त्रैमासिकसम्ममा मात्रै करिब आधा मिलियन फेसबुक प्रयोगकर्ता घटेको थियो। विशेष अफ्रिका र ल्याटिन अमेरिकामा फेसबुकको प्रयोग घटेको हो। अमेरिकी र युरोपियन राष्ट्रमा भने फेसबुकले हालसम्म राम्रो प्रतिक्रिया र प्रयोगकर्ता पाइरहेको छ।

फेसबुक प्रयोगमा कमि देखिनुको मुख्य कारण यसलाई युवा पुस्ताले बढी प्रयोग नगर्नु मानिएको छ। कम्पनीले केही समय अघि मात्रै फेसबुकको रिब्रान्डिङ गर्दै यसलाई ‘मेटा’ बनायो। तर यतिले मात्रै प्रयोगकर्ताहरू फेसबुक प्रयोगमा आकर्षित नभएको निश्कर्ष निस्किएको छ।

त्यही भएर पनि फेसबुकले बेलाबेलामा आफ्नो फिचर अपडेट गर्दै आएको छ । नयाँ फिचरमा अभ्यस्त हुन हामीलाई थोरै समय पनि लाग्छ । यस्तै प्रसंग छ अहिले फेसबुकको अडियो कमेन्टको जहाँ कसरी अडियो कमेन्ट गर्ने भन्ने थाहा नहुन सक्छ । फेसबुक सञ्चालक कम्पनी मेटाले गत हप्ता नै फेसबुक ग्रुपमा अडियो कमेन्ट उपलब्ध गराएको जानकारी गराए पनि प्रयोगकर्ता अभ्यस्त भएका छैनन् । त्यसो फेसबुकमा सबैलाई यो एक्सेस पनि छैन । केहीले फेसबुकमा अडियो कमेन्ट पनि गरिरहेका छन् ।

विशेषगरी पुरानो फेसबुक अकाउन्ट भएकाले यो फिचर उपयोग गर्न पाएको देखिन्छ । धेरै प्रयोगकर्तासँग यो अप्सन नहुन पनि सक्छ । यो क्रमश: अपडेट हुँदा देखिनेछ । अब फेसबुकमा टेक्स्ट र अडियो कमेन्ट राख्न सकिनेछ । यसअघि फोटो र टेक्स्ट राख्न पाइन्थ्यो ।

नेपालमा पनि केही ठाउँमा यो अप्सन खुलेको छ भने धेरैमा छैन । फेसबुकको लाइट एपमा भने यो अप्सन खुला छ । अडियो कमेन्ट गर्न तपाईँले यी उपाय अपनाउन सक्नुहुनेछ ।

पहिले फेसबुक लाइट एप खोल्नुहोस् ।

– अहिले यो फिचर केही ग्रुपमामात्र भएकाले ग्रुपमा जानुहोस् ।

– अब कमेन्ट बक्समा जानुहोस् । त्यहाँ माइक्रोफोनसहित विभिन्न इमोजीको चिन्ह देखिन्छ । माइक्रोफोनको आईकनमा थिच्नुहोस् र माइक्रोफोनको एक्सेस दिनुहोस् ।

-अब रेकर्डको अप्सनमा थिचेर आफूले कमेन्ट गर्न चाहेको कुरा भन्नुहोस । त्यसपछि स्टप अप्सनमा थिच्नुहोस् ।

– तपाईँले अडियोसँगै टेक्स्ट कमेन्ट गर्न पाउनुहुनेछ । इच्छा लागेको टेक्स्ट टाइप गरेर पोस्ट गर्नुहोस् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्