जनादेश वेदर वाच।
देशका पहाडी भू–भागहरूमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आज राति देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । काठमाडौं उपत्यकामा आज छिटपुटदेखि न्यून वर्षाको सम्भावना रहेको छ । “काठमाडौं उपत्यकामा आज दिउँसो वर्षाको सम्भावना छ । छिटपुटदेखि न्यून वर्षा आज दिउँसोको समयमा काठमाडौं उपत्यकामा हुने सम्भावना रहेको छ,” मौसमविद् श्रेष्ठले भने ।
काठमाडौंमा तापक्रम घट्दै छ। काठमाडौं उपत्यकामा आज बिहान पौने ६ बजेको तापक्रम ११ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर अधिकतम २४ डिग्री सेल्यिससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।