पोखरा,
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई कारोनाभन्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भाइरसले दुःख दिइरहेको बताएका छन् ।
कोरोनाले भन्दा पार्टीको भाइरसले दुःख दिइराछ, यसलाई समयमा उपचार गर्नु उपयुक्त हुने गुरुङले बताए ।
पार्टीमा चर्किएको आन्तरिक विवादतर्फ संकेत गर्दै गुरुङले पार्टीभित्र देखिएको भाइरसको खोप अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।