जनादेश संवाददाता,
काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) को सरुवा गरेको छ ।
गृह मन्त्रालयका अनुसार धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई पर्सा जिल्ला सरुवा गरेको छ ।
अछामका प्रजिअ पुण्य विक्रम पौडेललाई धादिङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिई पठाएको छ भने उनको ठाउँमा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायलाई पठाएको छ । रौतहटको सिडिओमा इन्द्रदेव यादवलाई पठाएको छ ।
पर्साका सिडिओ विष्णु कार्कीलाई मन्त्रालय तानिएको छ ।