आजको मौसमः उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो – Janadesh Daily | ePaper

आजको मौसमः उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो


जनादेश वेदर वाच।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहँदा देशको केही भू–भागमा हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । देशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएके छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन प्रभावित हुनसक्ने सम्भावना रहेको छ । सडक तथा हवाई यातायात सेवामा पनि हुस्सु र कुहिरोका कारण न्यून भिजिलिटी हुँदा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभिागले आग्रह गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्