जनादेश वेदर वाच।
जल तथा मौसम विज्ञान विभागले आज बिहान प्रदेश–१, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
हिमपात र कुहिरोका कारण देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने क्रममा रहेको छ । तराईका केही भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।