विधान मिच्दा बहादुरी नठान्न देउवालाई पौडेलको चेतावनी – Janadesh Daily | ePaper

विधान मिच्दा बहादुरी नठान्न देउवालाई पौडेलको चेतावनी


जनादेश संवाददाता,

काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान मिच्दा बहादुरी गरेको नठान्न चेतावनी दिनुभएको छ ।

आफ्नो असहमतिका बाबजुद सभापति देउवाले विभाग गठन र मनोनयन जारी राखेपछि पौडेलको प्रतिक्रिया आएको हो ।

देउवाका कारण अहिले कांग्रेस प्रजातान्त्रिक पार्टी हो कि होइन भन्ने प्रश्न उठेको पौडेलको टिप्पणी छ ।गृहमन्त्री हुँदा पनि देउवाले कानून तोडेको र त्यसले मुलुक र प्रजातन्त्रलाई ठूलो क्षति पुगेको भन्दै पौडेलले देउवाको विगतको भूमिकामाथि पनि प्रश्न उठाउनुभएको छ ।

चार वर्षे कार्यकाल रहँदासम्म केही नगरेका सभापति देउवाले काम चलाउ भएपछि विभागमा मान्छे भर्ना गरेर विधानको धज्जी उडाएको पौडेलको आरोप छ ।

अरु सबै मिलेर अब देउवाको विकल्प खोज्नुपर्नेमा पौडेलले जोड दिनुभयो । तर पाका नेताहरुलाई विदा गर्नुपर्ने भन्ने युवा नेताको मागलाई भने उहाँले अस्वीकार गर्नुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्