काठमाडौँ । त्रिवि शिक्षण अस्पतालको दुई जना चिकित्सक र चार जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालको आकस्मिक कक्षमा कार्यरत दुई जना मेडिकल अफिसर र मेडिसिन वार्डमा कार्यरत चार जना नर्समा संक्रमण देखिएको हो । सो वार्डको २ जना नर्समा सोमबार संक्रमण देखिएको थियो ।
अस्पतालका निर्देशक प्राडा रोहितकुमार पोखरेलले दुई जना मेडिकल अफिसरमा कोरोना संक्रमण देखिएपछि आकस्मिक कक्ष सिल गरिएको बताए ।
शिक्षण अस्पतालमै रहेको वीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रमा कार्यरत एक जना दृष्टि विशेषज्ञलाई मंगलबार मात्रै कोरोना पुष्टि भएको थियो ।