काठमाडौँ,
वीर अस्पतालको इमरजेन्सीमा कार्यरत नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणको क्रममा ती नर्समा कोरोना संक्रमण देखिएको अस्पताल निर्देशक डा केदार सेन्चुरीले बताए ।
मंगलबारसम्म इमरजेन्सीमा कार्यरत ती नर्सका पतिमा संक्रमण देखिएपछि बुधबार प्राइमरी कन्ट्याक्टको रुपमा उनको परीक्षण गरिएको थियो । त्यसपछि शंका लागेर उहाँको पनि परीक्षण गरयौँ संक्रमण पुष्टि भयो ।
अहिले सुन्दैछु उहाँका दुई जना छोराछोरी रहेछन् उनीहरुमा पनि कोरोना संक्रमण भएको पाइएको छ । आकस्मिक कक्षको नर्समा संक्रमण भएपनि अहिलेसम्म सेवा सुचारु रहेको बताएको छ ।