जनादेश हेल्थ डेस्क।
बिहान ढिलोसम्म सुत्ने बानी छ भने तपाईंले आमा–बुवा, दिदी–दाइ, श्रीमान्–श्रीमती वा कसै न कसैको गाली पक्कै खानुभएको छ होला । मजाले निदाइरहेका बेला उठाइदिँदा रिस पनि उठ्छ होला । अझ सुन्दर सपना देखिरहेका बेला उठाइदिँदा त रिसको मात्रा बढ्दो हो । सामान्यतया अधिकांशको सुत्ने सयम निश्चित हुँदैन । न उठ्ने नै । कति सुत्ने भन्ने पनि निश्चित हुँदैन ।
अहिले त निद्राभन्दा पनि प्यारो मोबाइल फोन बन्दै गएको देख्न सकिन्छ । आज हामी स्वास्थ्यका दृष्टिकोणले कुन उमेर समूहको मान्छेले कति सुत्नुपर्छ भन्नेबारे जानकारी दिँदैछौँ ।
उमेर समूह कति सुत्ने ?
०–३ महिना १४–१७ घण्टा
४–११ महिना १२–१५ घण्टा
१–२ वर्ष ११–१४ घण्टा
३–५ वर्ष १०–१३ घण्टा
६–१३ वर्ष ९–११ घण्टा
१४–१७ वर्ष ८–१० घण्टा
१८–२५ वर्ष ७–९ घण्टा
२६–६४ वर्ष ७–९ घण्टा
६५ वर्षदेखि माथि ७–८ घण्टा
यो सामग्री स्लिप हेल्थ फाउन्डेसनमा प्रकाशित सामग्रीको सहयोगमा तयार पारिएको हो -सम्पादक