पत्रकार बानियाँको मृत्युबारे छानबिन गर्न माग  – Janadesh Daily | ePaper

पत्रकार बानियाँको मृत्युबारे छानबिन गर्न माग 


काठमाडौँ,

नेपाल ट्रेड युनियन काँग्रेसले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे छानबिन गर्न माग गरेको छ ।

ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवरले बिहीबार साँझ शोक विज्ञप्ति जारी गरी ट्रेड युनियन काँग्रेस आबद्ध नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधि पत्रकार बानियाँको असामयिक मृत्यु भएको भन्दै यसबारे उब्जिएका आशङ्काको छानबिन गर्न माग गरेको हो ।

“तीन दिनदेखि सम्पर्कविहीन रहेका पत्रकार बानियाँ मकवानपुरको एउटा जलविद्युत् आयोजनामा भेटिनु र सनाखतसमेत फोटोको माध्यामबाट गरिनुले प्रश्न उब्जाएको छ”, विज्ञप्तिमा भनिएको छ ।

मुलुकमा व्याप्त बेतिथी र भ्रष्टाचारविरुद्ध कलम चलाउने इमान्दार र निष्ठावान पत्रकार नै यस्तो अवस्थामा देखिनुलाई ट्रेड युनियन काँग्रेसले सामान्य मान्न नसकिने बताएको छ ।

ट्रेड युनियन काँग्रेसले पत्रकार बानियाँको निधनसँग जोडिएका सबै प्रश्न र आशङ्काको खोज तथा अनुसन्धान गरी सत्यतथ्य उजागर गर्न सरकारसँग माग गरेको छ ।

ट्रेड युनियन काँग्रेसले मृतक बानियाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्