काठमाडौँ महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ ले सिंहदरबार अर्को पालिकामा सार्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत साहले सरकारलाई काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार अन्य पालिकामा सार्न चुनौति दिएका हुन् । काठमाडौँबासीलाई सम्पदा, संस्कृति, कला र सभ्यता प्रिय भएको जनाउँदै उनले सरकारलाई सिंहदरबार र राजधानी सारे पनि केही आपत्ति नहुने जनाएका छन् ।
‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस’ उनले लेखेका छन् ,’हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, सस्कृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।’