काठमाडौँ । बिरिसु मिडियाले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८० को टप ५ मनोनयन सार्वजानिक गरिएको छ । कला र संस्कृतिको पहिचान,कलाकर्मिको सम्मान भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रम काठमाडौको बिजुलीबजारस्थित पुर्व सामान्य प्रशासनमन्त्री टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । ६० बिधामा सहभागी जनाएका नोमिनिजहरुलाई पुर्वमन्त्री बस्नेतले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
पुर्वमन्त्री बस्नेतले मनोनयनमा पर्न सफल सम्पूर्णलाई बधाई ज्ञापन गर्नुहुँदै जितको शुभकामना दिनुभयो । उहाँले आगामी संस्करण थप सभ्य र भव्य हुनेमा विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी फुलकुमार बोम्जनले अवार्ड कार्यक्रमले कलाकारहरुमा थप अघी बढ्न हौसला मिल्ने बताउनुभयो । कार्यक्रममा आर बि सिङ्दान, अमर ओली, प्रेम शर्मा पौडेल, माधव भण्डारीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले अवार्डको फाइनल कार्यक्रम आगामी वि.स २०८० जेठ १३ गते हुने र कलाकार जयनन्द लामा र निर्देशक,पत्रकार एंव गीतकार दीपेन्द्र दोङलाई मरोन्परान्त सम्मान दिने घोषणा गर्नुभएको थियो । त्यसैगरी शरण हुमागाइलाई बिरिसु वर्ष पत्रकारिता सम्मान, पहिलो तामाङ एल्बम बजारमा ल्याउनुहुने चन्द्र कुमार मोक्तानलाई तामाङ स्वर सम्राट, राष्ट्रिय आविष्कार केन्द्रका महाविर पुनलाई बिरिसु वर्ष व्यक्तित्व सम्मान ,पहिलो ओलम्पियन दिपक विष्टलाई सम्मान गरिने जानकारी गराएका छन ।
आयोजकले निर्णयक टिममा अमर ओली, मनोज डङ्गोल, नरहरी प्रेमी, लक्षु प्रकाश मल्ल, मिनसागर लामा, विश्व दोङ रहेको जनाएका छन ।