प्रचण्डलाई भेटेर रविले दिए धन्यवाद, फाइल खोलेकोमा साधुवाद – Janadesh Daily | ePaper

प्रचण्डलाई भेटेर रविले दिए धन्यवाद, फाइल खोलेकोमा साधुवाद


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न शुक्रबार बिहान रास्वपा सभापति लामिछाने बालुवाटार पुगेका हुन् । भेटमा रास्वपा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर अनुसन्धान अघि बढाएकोमा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका थिए ।

सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान खुट्टा नकमाएर अघि बढाउन आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन प्रहरीले निष्पक्ष ढंगले गरिरहेको र यसलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएको बालुवाटार स्रोतले जनाएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि रास्वपा सभापति लामिछाने पहिलोपटक प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, खाँणका स्वकीय सचिव नरेन्द्र केसीलगायत १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्