काठमाडौँ । सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा २०८० साल जेठ ११ गते बिहीबार काठमाडौं उपत्यकाका (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।