आजको मौसमः सातवटै प्रदेशमा भारी वर्षाको पूर्वानुमान, सतर्क रहन सूचना – Janadesh Daily | ePaper

आजको मौसमः सातवटै प्रदेशमा भारी वर्षाको पूर्वानुमान, सतर्क रहन सूचना


जनादेश वेदर वाच।

देशको पूर्वी तथा मध्य भू-भागमा हाल मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा भारतकाे उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

देशका अधिकांश स्थानमा भारी वर्षा हुने भएकाेले बाढीपहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव(debris flow) का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ । खराब माैसमका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकाे महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्