जनादेश वेदर वाच।
जल तथा मौसम विज्ञान विभागले पश्चिम पहाडका विभिन्न क्षेत्रमा भारी वर्षा मापन गरिएको जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले आइतवार बिहान सूचना जारी गर्दै दैलेख, सुर्खेत, कालिकोट, अछाम, डोटी, बझाङ, बाजुरा, डडेलधुरा र आसपास केही स्थानमा भारी वर्षा मापन भएको जनाएको छ ।
यी क्षेत्रमा थप वर्षा भई आसपासका ससाना खोलामा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
अछामको असराघाट र मान्म कालिकोट क्षेत्रमा समेत भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ ।