प्रदेश सभामुखलाई ज्ञापनपत्र – Janadesh Daily | ePaper

प्रदेश सभामुखलाई ज्ञापनपत्र


अमरगढी,

सुदूरपश्चिम प्रदेशसभाले पारित गरेको मिडिया विधेयक स्वतन्त्र प्रेसको मान्यता विपरीत भएको भन्दै डडेल्धुराका पत्रकारले विरोध जनाएका छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आज ज्ञापनपत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारीमार्फत प्रदेशसभाका सभामुखलाई ज्ञापनपत्र बुझाइएको महासङ्घका अध्यक्ष मानबहादुर साउदले बताउनुभयो । प्रदेशसभाले बुधबार पारित गरेको ‘एफएम रेडियो तथा टेलिभिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ का केही प्रावधान स्वतन्त्र प्रेसको मान्यता विपरीत रहेको भन्दै पत्रकार सम्बद्ध सङ्घसङ्गठनले विरोध जनाएका हुन् ।

प्रदेशसभामा गत माघमा दर्ता गरिएको उक्त विधेयकमा आन्तरिक मामिला तथा कानूनमन्त्री आफैँ मिडिया बोर्डको अध्यक्ष रहने र बोर्डले नै दण्ड सजाय गर्ने लगायतका प्रावधान राखिएको थियो ।

बोर्ड गठन तथा बोर्डको कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था संशोधन गरिएको भए पनि सञ्चार माध्यमलाई नियन्त्रण गर्ने कतिपय प्रावधान यथावत राखिएकामा पत्रकारको गुनासो छ ।

विधेयकमा सूचना, समाचार, लेख वा कार्यक्रमको सत्यतथ्य स्रोतबाट पुष्टि भएपछि मात्र प्रसारण गर्ने गराउने, पूर्वाग्रहरहित समाचार हुनुपर्नेलगायत व्यवस्था गरिएका छन् । मित्र राष्ट्रसँगको सम्बन्ध अभिवृद्धि हुने कार्यक्रम प्रसारण गर्नुपर्नेलगायत प्रावधानसमेत राखिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्