अन्तरिक्ष व्यवसायमा भारतको आश्चर्यजनक छलाङ, अन्तरिक्ष स्टार्टअपमा १२० मिलियन डलरको लगानी – Janadesh Daily | ePaper

अन्तरिक्ष व्यवसायमा भारतको आश्चर्यजनक छलाङ, अन्तरिक्ष स्टार्टअपमा १२० मिलियन डलरको लगानी


जनादेश अन्तर्राष्ट्रिय वाच।

सन् १९६३ मा जब आफ्नो पहिलो रकेट प्रक्षेपण गर्‍यो, संसारको अत्याधुनिक प्रविधिको पछि लाग्ने भारत सबैभन्दा गरिब मुलुक थियो । त्यो प्रक्षेपणमा रकेटको चुच्चो भाग साइकलमा गुडाएर प्रक्षेपणस्थानमा लगिएको थियो । त्यसको विष्फोट–भार सानो थियो र पृथ्वीबाट १२४ माइल माथिसम्म गएको थियो ।

त्यो बेला भारतले अमेरिका तथा सोभियत संघसँग तालमेल नगर्ने अप्ठ्यारो बहानाबाजी गरिरहेको थियो । आजको अन्तरिक्ष दौडमा, भारतले धेरै नै सुनिश्चित कदम चालेको छ । भारतको प्राविधिक ‘स्टार्ट–अप’ हरूको हब हैदरावाददेखि एक घन्टा दक्षिणमा रहेको छरितो र फराकिलो ह्याङगरमा युवा इन्जिनियरहरूको भीडले सानो, प्रयोगात्मक क्रायोजेनिक थ्रस्टर इन्जिन नियाली रहन्छ ।


गत नोभेम्बरमा भारतले आफ्नै डिजाइनको पहिलो निजी भूउपग्रह सुरुवात गर्‍यो । स्काई एरोस्पेसका दुई संस्थापकले फुकार गरिरहेको वाष्प इन्जिनको विष्फोटबीच कुराकानी गर्दै त्यसको रमाइलो वर्णन गरे । यी नयाँ थ्रस्टर मेसिनले यस वर्ष स्काईरुटको अक्षमा मार्गदर्शन गर्ने छन्, त्यो पनि धेरै ठूलो विष्फोट–भारसहित ।

भारत अचानक कम्तीमा १४० दर्तावाल स्टार्ट–अपहरूको मुलुक भएको छ । यसभित्र त्यस्ता स्थानीय अनुसन्धान क्षेत्र समावेश छन्, जो ग्रहको जडानलाई अन्तिम किल्लासम्म रूपान्तरण गर्न खडा छन् । यो उद्यम आज भारतीय लगानीकर्ताले सबैभन्दा खोजी गरेको क्षेत्र भएको छ ।

कोभिड–१९ को सुरुवातसँगै स्टार्ट–अपले ५ बाट छलाङ मार्‍यो । यसको विष्फोटक बृद्धि भयो । तिनले सेवा गर्न यसमा ठूलो बजार देखे । स्काईरुटका कार्यकारी ३२ वर्षिय पवन चन्डानाले यस दशकभित्र विश्वलाई ३०,००० उपग्रह प्रक्षेपण गर्न आवश्यक रहेको अनुमान गरेका छन् ।

वैज्ञानिक शक्तिका रुपमा भारतको महत्व केन्द्र भागमा आइरहेको छ । गत महिना राष्ट्रपति जो बाइडनले ह्वाइट हाउसमा जब प्रधानमन्त्री नरेन्द्र मोदीको सत्कार गरे, त्यसको विज्ञप्तिमा भनिएको छ कि दुई नेताहरूले ‘अन्तरिक्ष अर्थतन्त्रको सम्पूर्ण मूल्य श्रृंखलामा अमेरिकी र भारतीय निजी क्षेत्रको व्यावसायिक सहयोग बढाउन आह्वान’ गर्दछन् ।

यी दुवै देशले अन्तरिक्षलाई एउटा यस्तो अखडाको रूपमा हेर्दछन्, जहाँ भारत दुवैको साझा प्रतिस्पर्धी चीनसँग प्रतिभारका रूपमा उभिन सक्दछ । अन्तरिक्ष अनुसन्धानको पहिलो ३ दशकले भारतलाई गौरवान्वित बनायो । आइएसआरओ नासाको स्थानीय संस्करणजस्तो बन्यो । पहिलो भारतीय उपग्रहको तस्वीर सन् १९९५ सम्म दुई रुपैयाँको नोटमा छापिएको हुन्थ्यो ।

त्यसपछिका दिनमा केही समय भारतले अन्तरिक्ष महत्वाकांक्षाको क्षेत्रमा कमै ध्यान दियो । युवा अनुसन्धानकर्ताहरू सूचनाप्रविधि र फर्मास्युटिकल्सको क्षेत्रमा ठोस विकास गर्न केन्द्रित भए । अब भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश मात्र हैन, सबैभन्दा तीव्र बृद्धिदर भएको अर्थतन्त्र र नवप्रवर्तन फलिफाप गर्ने केन्द्र पनि हो ।

अब अन्तरिक्ष व्यापार पनि परिवर्तन भएको छ। भीमकाय सरकारी बजेटको साटो निजी उद्यमशीलताद्धारा प्रेरित अन्तरिक्ष प्रविधिले सानो आकारमा व्यवसायिक आवश्यकता पूरा गर्दैछ । फोटो प्रणालीले ग्रहहरूबारेको जानकारी पृथ्वीमा फिर्ता ल्याउँछन्। तिनले भारतीय किसानलाई उनीहरूको बाली सुरक्षित गर्न मद्धत गर्दछन् । व्यावसायिक माछा मार्ने बेडालाई निगरानी र नियन्त्रण सजिलो बनाउँछ । उपग्रहहरूले देशका दूर्गम कुनासम्म फोनको सिग्नल पुर्याउँदछ । भारतीय महानगरभन्दा टाढा सौर्य फार्महरू संचालन गर्न मद्धत गर्दछ ।

सन् २०२० को जुनमा जब प्रधानमन्त्री मोदीले अन्तरिक्ष क्षेत्रलाई सबै प्रकारका निजी उद्यमशीलताका लागि खुला गर्ने घोषणा गरे, त्यसयता भारतले मौलिक अनुसन्धान र स्वदेशी प्रतिभाद्वारा संचालित व्यवसायिक नेटवर्कहरू सुरू गरेको छ।

गत वर्ष भारतको अन्तरिक्ष स्टार्ट–अपमा १२० मिलियन डलरको नयाँ लगानी श्रेणीकृत भएको थियो । यो वार्षिक दरमा दोब्बर वा तेब्बर हो । महामारी सुरुवात हुँदा यस्ता स्टार्ट–अपहरू जम्मा ५ थिए, अहिले १४० दर्ता भएका छन्, यो धेरै ठूलो छलाङ हो ।

आइएसएसआरओको पछिल्लो घोषणाले नयाँ निजी क्षेत्रका लगानीकर्ताको लागि ठाउँ बनाउँछ साथै लाभदायक विरासत साझेदारी गर्दछ । यसको स्पेशपोर्ट श्रीहरिकोटाको तटीय टापुमा छ । यो भूमध्यरेखाको नजिकमा पर्दछ, जसले गर्दा विभिन्न तहको अक्षमा प्रक्षेपणका लागि उपयुक्त हुन्छ ।

सरकारी निकायको ‘वर्कहर्स’ रकेट भारी विष्फोट भारका लागि भरपर्दोमध्ये एक हो । यसको सफलतादर करिब ९५ प्रतिशत छ । यसले उपग्रहहरूको बिमा लागत करिब आधा घटाएको छ । यसले भारतलाई एक प्रतिस्पर्धी र लाभदायक प्रक्षेपण स्थल बनाएको छ । भारतमा अन्तरिक्ष उपकरण प्रक्षेपणका लागि पैसा पनि छ । यसका बजार यस वर्ष करिब ६ विलियन डलरको थियो । सन् २०२५ सम्म यसको मूल्य तेब्बर हुनेछ ।

हैदरावादमा ध्रुव स्पेशले ओगटेको काम गर्ने मचानमा उपग्रहहरू तैनाथ गरिन्छ । यो भारतको पहिलो अन्तरिक्ष स्टार्ट–अप थियो । यससँग डमी उपग्रह प्रदर्शन स्थल, वायुमण्डीय नियन्त्रित प्रयोगशाला, सफा कोठाहरू र गुरुत्वाकार्षण परिक्षण गर्भहरू छन ।

यसका रणनीति प्रमुख क्रान्थी चन्द बिरलै कुनै महिनाभरि यहाँ हुन्छन् । उनी एक हप्ता युरोपमा हुन्छन् भने अर्को हप्ता अमेरिका पुगेका हुन्छन् । लगानीकर्ता र ग्राहकबीच घुमिरहेका हुन्छन् । एलन मस्क तीनै व्यक्ति थिए, जसले भारत र विश्वभरिबाट चोरेर अन्तरिक्ष व्यवसायमा आँधी ल्याए । उनको कम्पनी स्पेश एक्स, जसले पुनप्रक्षेपणीय रकेटबाट भारी बोझ अन्तरिक्षमा पठाउने लागतमा यतिधेरै कमी ल्यायो कि भारतले प्रतिस्पर्धा गर्न सकेन । आज पनि अमेरिकी स्पेशपोर्टबाट प्रतिकिलो ६,५०० डलरमा स्पेश एक्सले प्रक्षेपण गर्दछ, जो सबैभन्दा सस्तो हो ।

भारतसँग पर्याप्त सस्ता र उपयुक्त इन्जिनियर छन् तर, तिनीहरूको सस्तो तलबले मात्र लागत प्रतिस्पर्धालाई हराउन सक्दैन । स्काईरुटका पवन चन्डना भन्छन्–‘हामी ट्याक्सी जस्तै हौं’ । उनको कम्पनीले सानो बोझभारको प्रक्षेपणका लागि धेरै रकम लिन्छ । जबकी स्पेश एक्स भने बस वा रेलजस्तो हो । त्यसले धेरै बोझ गन्तव्यमा पुर्याउँन सक्दछ । मोदीलाई अन्तरिक्ष खुला गर्ने नीति लिन स्पेश एक्सले घचेडेको थियो । त्यसपछि चन्डानसँगै उनका इन्जिनियर मित्र ३३ वर्षीय भारथ डाकाले स्काईरुट बनाए ।

अन्तरिक्ष व्यवसायबाट भारतलाई हुने एउटा फाइदा भूराजनीतिक हो । रुस र चीन ती दुई देश हुन्, जसले लामो समयदेखि न्यून लागत प्रक्षेपणको विकल्प दिँदै आएका छन् । तर, युक्रेन युद्धले यो क्षेत्रमा एक प्रतिस्पर्धी देशका रुपमा रुसको भूमिकालाई समाप्त गरेको छ ।

गत सेप्टेम्बरमा रुसले आफ्ना ३६ वटा अन्तरिक्ष यान जफत गरेपछि बेलायती स्टार्ट–अप कम्पनी वनवेभले २३ करोड डलरको मार खेप्न परेको थियो । त्यसपछि वनभेव आफ्ना उपग्रह अन्तरिक्षमा पठाउन भारतीय आइएसओआरमा फर्कियो । ठीक त्यही कुरा अमेरिकाको पनि हुन्छ । अन्तरिक्ष प्रक्षेपणमा अमेरिकाले चीनभन्दा भारतसँग सहकार्य गर्ने सम्भावना रहन्छ ।

भारतको ‘भेन्डर इकोसिष्टम’ आकारमा अचम्मको छ। आइएसओआरसँग दशकौं लामो व्यवसायले बैंगलुरु, हैदरावाद, पुणे र अन्य ठाउँमा करिब ४०० निजी कम्पनी सिर्जना गर्‍यो । यी सबै स्क्रु, सिलेन्ट र अन्य उपयुक्त स्पेश सामग्री उत्पादन तथा निर्माणमा समर्पित छन् । एक एकल प्रक्षेपणका लागि करिब १०० को सहकार्य चाहिन्छ । स्काईरुट र ध्रुबले उपग्रह प्रक्षेपण र वितरणको अपेक्षाकृत आकर्षक क्षेत्रमा काम गर्दछन्। तर, यी भारतीय स्पेश व्यवसायको पाइमा ८ प्रतिशतको हिस्सा मात्रै हुन् ।

पिक्सेल यो क्षेत्रको अर्को महत्वपूर्ण स्टार्ट–अप हो । यसले पृथ्वीको सतहका ढाँचाहरू पत्ता लगाउन एक छवि प्रणालीको विकास गरेको छ, जो साधारण रंगिन दृष्टिको दायराभन्दा बाहिर छ । यसको मुख्यालय बैंगलुरुमा छ र एउटा कार्यालय लसएन्जलसमा ।

भारतीय अन्तरिक्ष प्रविधिले भीमकाय सरकारी बजेट विनै साना निजी क्षेत्रका उद्यमद्धारा व्यावसायिक उदेश्यहरू पूरा गर्दैछ । स्काईरुटको ह्यांगरमा काम गर्ने इन्जिनियरहरू अब अन्तरिक्ष व्यवसायका उद्यमी बन्दैछन् । स्काइरुटले अहिले ६८ मिलियन डलर उठाएको छ । तर, उनीहरू व्यवसायभन्दा विज्ञानको विकासमै केन्द्रित हुन चाहन्छन् । पवन र भारथ दुवैको रुचि र विशेषज्ञता पनि यही हो ।

न्यूओर्क टाइम्सबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्