आजको मौसमः यी प्रदेशमा भैरहेको छ मनसुनी वर्षा – Janadesh Daily | ePaper

आजको मौसमः यी प्रदेशमा भैरहेको छ मनसुनी वर्षा


जनादेश वेदर वाच।

हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यून चापीय रेखा पश्चिमतिर सददर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुकासाथै कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षासमेत भएको छ।

आज रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। असार २९ गते शुक्रबार पनि कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्