बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ८.११ अंकले घटेर दुई हजार १५६.२० विन्दुमा पुगेको छ ।
बैंकिङ ०.६०, विकास बैंक १८, उत्पादन ४९, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ८६, जलविद्युत् २२, जीवन बीमा २७, व्यापार २४ र होटल तथा पर्यटन उपसमूह ८५ अंकले घटेको छ । यस्तै, फाइनान्स १ र अन्य उपसमूह ११ अंकले बढेको छ ।
आज जाल्पा सामूदायी लघुवित्तको सेयर झण्डै साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि किसान लघुवित्तको सेयर झण्डै ७ प्रतिशतले बढेको छ ।
यस दिन २६० कम्पनीका ७३ लाख कित्ता सेयर दुई अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएको छ ।