जनादेश, काठमाडौँ ।
सोमबार काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं जिल्लामा १३९ जना ,ललितपुरमा १५ जना र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै आज देशभर ५८१ जना कोरोना संक्रमित थपिएका छन् भने १५९ जना डिस्चार्ज भएका छन् ।