कुलमान घिसिङको पत्रकार सम्मेलनः प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड – Janadesh Daily | ePaper

कुलमान घिसिङको पत्रकार सम्मेलनः प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड


नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ। बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष ०७९/८० मा सो नाफा कमाएको जानकारी गराएका छन्।

अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको उनले बताए। साथै, प्राधिकरणको तेस्रो वित्तिय पुनरसंरचना तयार गरी प्राधिरकणको सेयर सर्वधारणमा जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी गराए।

आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेको थियो। २ वर्षअघि ८९ प्रतिशतत नागरिकले राष्ट्रिय प्रशारणमार्फत विद्युत्को पहुँच पाएका थिए। ‘करिब २ वर्षअघि ८९ प्रतिशत नागरिकले राष्ट्रिय प्रशारणमार्फत विद्युत्मा पहुँच पाएकोमा, अहिले ९५ प्रतिशत नागरिकले राष्ट्रिय प्रशारणको विद्युत पाएको छ,’ घिसिङले पत्रकार सम्मेलनमा भने।

साथै, मधेश, बागमती र गण्डकी प्रदेशहरुमा सारभूत रुपमा पूर्ण विद्युतीकरण भएको पनि उनले जानकारी दिए। कोशी प्रदेशमा ९५, लुम्बिनी प्रदेमा ९८, कर्णाली प्रदेशमा ६७, सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत विद्युतीकरण भएको पनि उनले बताए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्