जनादेश, काठमाडौं ।
कोरोना संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु भएको छ ।
ललितपुस्थित पाटन अस्पतालमा उपचाररत ५८ बर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । उनी मधुमेहकी बिरामी समेत रहेको चिकित्सकले बताएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि २८ साउनमा अस्पताल भर्ना भएकी उनमा निमोनिया पनि देखिएको थियो ।